१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका सचिव रामकुमारी झाँक्रीमाथि केन्द्रीय सदस्य पराजुलीको कटाक्ष- तपाई कता को नेता हो ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले पार्टी सचिव रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दे अतिवादी आँखाले उहाँलाई नै सक्ने जनाउनु भएको छ ।

सचिव झाँक्री पछिल्ला केही समय यता नेकपा एमाले र अध्यक्ष केपी ओली प्रति नरम भएको प्रति टिप्पणी गर्दे पराजुलीले कहिले फुलको गुच्छा लिएर ,कहिले नेता ओलि भन्दै अन्तरबार्ता दिएर ,कहिले संविधान र संसद विघटनको घटना समेतलाई अहिले आएर बाध्यतामा ओलि कमरेड पर्नु भयो भनेर विश्लेषण गर्ने हाम्रो कस्तो विडम्बना भन्दै झाक्रिप्रति कटाक्ष गर्नुभएको छ ।

पराजुलीले रामकुमारीको नाम त उल्लेख गर्नुभएको छैन तर उहाँले झाँक्रीको पछिल्ला केही अन्तरवार्ताहरुलाई लिएर कटाक्ष गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ-

नेकपा ( एकीकृत समाजवादी ) का दु:ख …

जो- जो सङ मिल्न पर्ने थियो मिलिएन / मिल्ने अवस्था थिएन ।

जो- जो सङ नमिल्न पर्ने थियो मिलियो/ मिल्ने अवस्था थियो ।।

जुन समय पार्टी एउटै थियो – केपी शर्मा ओलिको नाम पनि सुन्न नचानेहरु केहि समय भयो कहिले फुलको गुच्छा लिएर ,कहिले नेता ओलि भन्दै अन्तरबार्ता दिएर ,कहिले संविधान र संसद विघटनको घटना समेतलाई अहिले आएर बाध्यतामा ओलि कमरेड पर्नु भयो भनेर विश्लेषण गर्ने हाम्रो कस्तो विडम्बना !!

ओलि कमरेडको शाशन हुदा कमरेडलाई पुलिसको सि आई वि बानेश्वर लगेर थुनेको पनि बाध्यता थियो ओलि कमरेडको ?

ओलि सङै हुदा ओलि कमरेड जतिको बैमान — यो भन्दा शब्द धेरै धेरै —

ओलिसंग नहुदा ओलि कमरेड जति असल ……

देख्ने अतिवादी आँखाले स्वयम् तपाईलाई सक्ने छ ।