१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

संसदले समयमा विधेयक पास गर्नुपर्छ अध्यक्ष तिमिल्सिना

संसदले समयमा विधेयक पास गर्नुपर्छ  अध्यक्ष तिमिल्सिना
अ अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले ल्याएका विधेयकलाई संसदले समयमै पास गर्नुपर्ने बताउनुभएको छ।  राष्ट्रिय सभाको तीन वर्ष पुरा भएको अवसरमा आयोजित राष्ट्रिय सभाको प्रभावकारिता तथा कूटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संसदले समयमा कानून नबनाउँदा सरकारको काम प्रभावित हुने बताउनुभएको हो।
संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले पास नगरी कानून बन्दैन, उहाँले भन्नुभयो, लामो छलफल गरेर एउटा सभाले पास गरेको विधेयक अर्को सभाबाट पास नहुँदा समस्या भएको छ। संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, द्दण्ठछ यसको एक उदाहरण हो ।
अध्यक्ष तिमिल्सिनाले एउटा उद्देश्यका साथ सरकारले ल्याएका विधेयकलाई सरकार परिवर्तन हुने अवस्थासम्म पनि कानूनको रुप दिन नसक्दा यसले सदनको सक्षमता माथि प्रश्न उठाउने धारणा राख्नुभयो।
राष्ट्रिय सभाले तीन वर्षसम्म गरेका काम बारे जानकारी दिँदै उहाँले सातौं अधिवेशनसम्म राष्ट्रिय सभाको २२२ वटा बैठक बसेको बताउनुभयो। तिमिल्सिनाले भन्नुभयो,  यस अवधिमा सभामा ४१ वटा विधेयकहरू दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेका, २४ वटा मध्ये आठवटा सभामा विचाराधीन रहेका छन्।
त्यसैगरी १०वटा विधेयक समितिमा विचाराधीन रहेका र छ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाबाट फिर्ता आउन बाँकी रहेका जानकारी अध्यक्ष तिमिल्सिनाले दिनुभयो।
सभाले यसअवधिमा तीनवटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, चारवटा ध्यानाकर्षणको प्रस्ताव र एकवटा संकल्प प्रस्तावहरू दर्ता भइ सो उपर छलफल गरेको उहाँले जानकारी दिनुभयो।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले संसदले दिएका निर्देशन सरकारले कार्यान्वयन कार्यन्वयन गर्नुपर्ने र कार्यन्वयन भए नभएको समेत संसदलाई जानकारी गराउनुपर्ने बताउनुभयो। सरकारलाई दिएको निर्देशन कार्यन्वयन भएन भने संसद र संसदका समितिले चासो राखेर अनुगमन गर्नुपर्छ उहाँले भन्नुभयो।  
तीन वर्षसम्म राष्ट्रिय सभा बिना अवरोध सञ्चालन भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा थप प्रभावकारी बनाउन सभा सँगै समिति तथा कर्मचारीको क्रियाशिलता बढाउनुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दहालले राष्ट्रिय सभाले तीन वर्षमा आफ्नो महत्व र प्रभावकारिता देखाउन सकेकोमा खुसी व्यक्त गर्नुभयो। उहाले सभालाई अझ मजबुद बनाउन सभाको नेतृत्व, विषयगत समिति, सांसद तथा कर्मचारीको भूमिका महत्वपूर्ण  हुने धारणा राख्नुभयो।

उहाँले संसदले बनाएका कानून मुलुक र जनताको हितमा कार्यन्वयनको भएको छ वा छैन भन्ने अनुगमन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाका सदस्य तथा सचिवालयका कर्मचारि उपस्थित  अभिमुखिकरण कार्यक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले राष्ट्रिय सभाको औचित्य र उपलब्धी बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।