१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु: चिनियाँ राजदूत



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव अभरत लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा पनि सहभागी हुनुहुन्थ्यो । रासस