१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बसाइँसराइको असरबारे प्राज्ञिक अध्ययन गर्न आग्रह

बसाइँसराइको असरबारे प्राज्ञिक अध्ययन गर्न आग्रह
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने आर्थिक सामाजिक असर र हिमाल, पहाड तथा तराईमा समानुपातिकरुपमा आधारभूत सेवा सुविधाको प्रबन्धका लागि नीतिगत बहस हुनुपर्नेमा जोड दिइएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालयको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा वक्ताहरुले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका डीन प्राडा कुशुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्याङ्कलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या हाल नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताउनुभयो । उहाँले पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी करिब ४४ लाख नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिनुभयो ।

जनसङ्ख्या विभागका प्रमुख डा योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । प्राडा दिनेश भुजुले भने पुर्खादेखि नै बसाइँसराइ गरिरहने भएकाले यसलाई चिन्ताको विषय मान्न नहुनेतर्क राख्नुभयो । रासस