५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणः पीएन क्याम्पसका सहप्राध्यापक पक्राउ



अ+ अ-

पोखरा । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका एक सहप्रधाध्यापकलाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले पोखराको मालेपाटन घरभएका विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको हो । सहप्राध्यापक भण्डारी मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको छ ।

कास्की प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आजै (मंगलबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइनेछ ।

यो सहकारीको मुद्दा यसअघि नै अदालत गइसकेकाले मंगलबार नै थुनछेक बसहपछि सहप्राध्यापक भण्डारी साधारण तारेख तथा धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि जेल चलान हुने भन्ने आदेश आउने छ ।

यस प्रकरणमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।