२६ श्रावण २०८३, मंगलवार
,
Latest
सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धान्तबाट विचलित भएको छैन, अर्थतन्त्र सबल नभइ प्रदेश चल्दैन: कोशीका सभामुख बिष्ट



अ+ अ-

काठमाडौँ। कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसक्ने बताउनुभएको छ ।

कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैल्याइएको भन्दै उहाँले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताउनुभएको हो ।

उहाँले आफू सभामुखमा सर्वसम्मत निर्वाचित भइसकेपछि संविधान बमोजिम पदिय दायित्वअनुसार काम गर्ने बताउनु भयो । उहाँले प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्ने बताउनु भयो । तर देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म सभामुखमा सर्वसम्मत ढंगले निर्वाचित भइसकेपछि संविधान बमोजिम काम गर्ने मेरो कर्तव्य र अधिकार जिम्मेवारी हो । त्यसअनुसार नै काम गर्नुपर्छ । प्रदेशलाई कमजोर वा बलियो बनाउने भन्नेकुराहरु घरिघरि उठ्छ । विचार परिवर्तन गरेको हो की भन्नेकुरा उठ्छ । म हिजो जुन सिद्धान्तमा रहेको थिएँ । त्यो सिद्धान्तबाट अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्छ । देशको अर्थतन्त्र जुन डामाडोल अवस्थामा छ । यसमा तीन तहको सकरार धान्दैन की भन्ने जुन कुराहरु उठेको छ ।

त्यसमा अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुनका लागि आर्थिक रुपले सबल हुँदै आयो भने प्रदेश धान्न सक्छ, नत्र गाह्रो पर्छ । यसले सबै भएर बलियो बनाउन सक्यो भने प्रदेश रहन पनि सक्छ नत्र कालान्तरमा यसको विषयमा प्रश्न जुन उठेको छ, अझै बढी सबल भएर जानसक्ने कुरा छ । प्रदेशको खास काम भनेको ऐन, कानून बनाउने, नीति निर्माण गर्नेकुरा हो । यसमा विभिन्न समितिको सभापतिहरुको निर्वाचन हुन बाँकी छ । यो निर्वाचन छिटो भन्दा छिटो सबै दलहरुसँग कुरा गरेर, सामञ्जस्यता मिलाएर सर्वसम्मत ढंगले गर्ने सकेसम्म र अन्य कामहरु जिम्मेवारीपूर्ण रुपमा गर्ने साथमा लाग्दछु । सरकारले स्थायित्व पाइदियो भने विकास निर्माणका काम अघि बढ्छन् । त्यसमा सरकारले गर्ने कुरा हो । गरिरहेको होला ।’

सभामुख बिष्टले संसदीय समितिका सभापतिहरु चयन नभएकाले सभापति चयन गर्नेकुरामा र कानून निर्माण गर्ने कुरामा आफ्नो बढी ध्यान केन्द्रित हुने बताउनु भयो । उहाँले संसदलाई नियमित रुपमा बिजनेस दिन सरकारलाई सजग गराइरहने बताउनु भयो । सरकारले स्थायित्व पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने भन्दै स्थायित्व दिन आवश्यक रहेको सभामुख बिष्टले स्पष्ट पार्नुभयो ।