२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले ७० प्रतिशत बजेट दिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चितवनको भरतपुरमा निर्माणधिन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने निर्णय गरेको छ ।

आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले रंगशाला निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको हो ।

धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि रंगशाला निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको छ ।

यसअघि सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो । पुषमा बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले सहमति लिन भनिएको थियो । प्रदेशको सहमतिसँगै अब रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको हो ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए सङ्घीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रङ्गशाला बनाउने तयारी गरिएको भरतपूर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताईन् ।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउदैछ। रंगशाला निर्माणको पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने बनाइनेछ ।