• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

एक्सेल्सियर कपमा रेडियन्टलाई दोहोरो उपाधि



काठमाडौं । रेडियन्ट पब्लिकले १० औं एक्सेल्सियर कपमा सोमबार दोहोरो उपाधि जितेको छ ।  रेडियन्ट सिनियर ब्वाइज बास्केटबल र यु–१३ ब्वाइज फुटसलमा च्याम्पियन बन्यो ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सिय स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज बास्केटबल फाइनलमा रेडियन्टले जेनिथलाई ५१–४४ ले पराजित ग¥यो । रेडियन्टका रोहित चौधरीले २८ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलको उपाधि भिडन्तमा काष्ठमण्डपले रिब्सलाई ३२–१५ ले हरायो । काष्ठमण्डपकी अमानी रेग्मीले १२ अंक स्कोर गरिन् ।

रोहित र अमानी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा निसर्ग वाटिका तथा गल्र्समा बोधीसत्व स्कुल अनुशासित टिम चुनिए ।

ब्वाइज फुटसल:

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१२ मा मोर्डन इन्डियन स्कुल (एमआईएस), यु–१३ मा रेडियन्ट र यु–१६ मा न्यु एराले उपाधि चुमे ।

यु–१२ को फाइनलमा एमआईएसले बृहस्पति विद्या सदनमाथि ५–१ को सहज जित दर्ता ग¥यो । एमआईएसका रफिक महर्जनले ४ तथा श्रृजल बोहराले १ गोल गरे ।

एमआईएसकाद्वय रफिक महर्जन उत्कृष्ट खेलाडी तथा प्रसिद्ध आचार्य उत्कृष्ट गोलरक्षक बने । ल्यान्डमार्क एकेडेमीले अनुशासित टिमको उपाधि हात पा-यो ।

यु–१३ को फाइनलमा रेडियन्टले काष्ठमण्डपलाई टाइब्रेकरमा २–० गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । रेडियन्टका शुलभ गुरुङ उत्कृष्ट खेलाडी तथा रेडियन्टकै प्रयास थापा मगर उत्कृष्ट गोलरक्षक ठहरिए । राई स्कुल अनुशासित टिम बन्यो ।

यु–१६ को उपाधि प्रतिस्पर्धामा न्यु एराले काष्ठमण्डपको चुनौती ४–१ गोलले पन्छायो । न्यु एराका आयुश मगरले २ तथा पेम्बा तामाङ र डेविड अधिकारीले समान १–१ गोल गरे । न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा न्यु एराकै सुवर्ण तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । बाल दीक्षा सदन अनुशासित टिम बन्यो ।

 

विजेतालाई पूर्व सांसद् एवं एनप्याब्सनकी संस्थापक अध्यक्ष गीता राणा, एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

माघ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज-गल्र्स बास्केटबलमा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइभ ए साइड फुटसलको यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी थिए ।