२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

एक्सेल्सियर कपमा रेडियन्टलाई दोहोरो उपाधि

एक्सेल्सियर कपमा रेडियन्टलाई दोहोरो उपाधि
अ अ+ अ-

काठमाडौं । रेडियन्ट पब्लिकले १० औं एक्सेल्सियर कपमा सोमबार दोहोरो उपाधि जितेको छ ।  रेडियन्ट सिनियर ब्वाइज बास्केटबल र यु–१३ ब्वाइज फुटसलमा च्याम्पियन बन्यो ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सिय स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज बास्केटबल फाइनलमा रेडियन्टले जेनिथलाई ५१–४४ ले पराजित ग¥यो । रेडियन्टका रोहित चौधरीले २८ अंक जोडे ।

सिनियर गल्र्स बास्केटबलको उपाधि भिडन्तमा काष्ठमण्डपले रिब्सलाई ३२–१५ ले हरायो । काष्ठमण्डपकी अमानी रेग्मीले १२ अंक स्कोर गरिन् ।

रोहित र अमानी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा निसर्ग वाटिका तथा गल्र्समा बोधीसत्व स्कुल अनुशासित टिम चुनिए ।

ब्वाइज फुटसल:

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१२ मा मोर्डन इन्डियन स्कुल (एमआईएस), यु–१३ मा रेडियन्ट र यु–१६ मा न्यु एराले उपाधि चुमे ।

यु–१२ को फाइनलमा एमआईएसले बृहस्पति विद्या सदनमाथि ५–१ को सहज जित दर्ता ग¥यो । एमआईएसका रफिक महर्जनले ४ तथा श्रृजल बोहराले १ गोल गरे ।

एमआईएसकाद्वय रफिक महर्जन उत्कृष्ट खेलाडी तथा प्रसिद्ध आचार्य उत्कृष्ट गोलरक्षक बने । ल्यान्डमार्क एकेडेमीले अनुशासित टिमको उपाधि हात पा-यो ।

यु–१३ को फाइनलमा रेडियन्टले काष्ठमण्डपलाई टाइब्रेकरमा २–० गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । रेडियन्टका शुलभ गुरुङ उत्कृष्ट खेलाडी तथा रेडियन्टकै प्रयास थापा मगर उत्कृष्ट गोलरक्षक ठहरिए । राई स्कुल अनुशासित टिम बन्यो ।

यु–१६ को उपाधि प्रतिस्पर्धामा न्यु एराले काष्ठमण्डपको चुनौती ४–१ गोलले पन्छायो । न्यु एराका आयुश मगरले २ तथा पेम्बा तामाङ र डेविड अधिकारीले समान १–१ गोल गरे । न्यु एराका पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा न्यु एराकै सुवर्ण तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । बाल दीक्षा सदन अनुशासित टिम बन्यो ।

 

विजेतालाई पूर्व सांसद् एवं एनप्याब्सनकी संस्थापक अध्यक्ष गीता राणा, एक्सेल्सियरकी अध्यक्ष शितल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

माघ १५ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज-गल्र्स बास्केटबलमा समान १२–१२ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइभ ए साइड फुटसलको यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी थिए ।