• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

मेनुकालाई झापामा सम्मान तथा अभिनन्दन – फोटोफिचर



झापा । गायन रियालिटी शो इण्डियन आइडल सिजन १४ बाट बाहिरिएकी गायिका मेनुका पौडेलले नेपालको सांगीतिक क्षेत्रले आफूलाई अझ बढी मेहनत गर्न सिकाएको बताउनुभएको छ ।

आईतवारको एपिसोडमा शोबाट बाहिरिएको घोषणा भएलगत्तै सोमवार गृहजिल्ला झापा आइपुग्नुभएकी गायिका पौडेलले नेपालले संगीत क्षेत्रमा अझ धेरै मेहनत गर्ने प्रेरणा दिएको बताउनु भयो ।

भारतको रियालिटी शोमा आफू उत्कृष्ट दशमा पुग्नु नै आफ्नो लागि ठूलो सफलता भएको उहाँले बताउनु भयो । उहाँले आफूले नसोचेको सफलता हात पार्दा धेरै नै खुशी मिलेको बताउनु भयो । उहाँले यस्तो सफलता आफूले बिरलै पाउने बताउनु भयो । बलिउडमा धेरै गीतहरु गाउनका लागि अफर आइरहेको बताउनु भयो ।

गायिका पौडेललाई सोमवार झापामा साहित्य चौतारी तथा सप्तक संगीत विद्यालयले सम्मान तथा अभिनन्दन गरेका थिए । उहाँले २०७४ सालमा नेपाल आइडलमासमेत प्रतिष्पर्धा गर्नु भएको थियो ।