१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

बीस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार

बीस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
अ अ+ अ-

गोरखा । गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिनुभयो ।

परिवारका सदस्यले उपचार प्रयास गरे पनि सम्भव नभएपछि उनलाई लामो समयदेखि कोठामा थुनेर राखिएको थियो । सिर्मललाई परिवारले कोठामा वरिपरि ढुङ्गामाटोको कोठा बनाएर अगाडि फलामे ढोका हालेर थुनेर राख्दै आएका थिए । खाना कोठाभित्र पुर्‍याउनका लागि फलामे ढोकामुनितिर केही भाग खुला छोडेर सिर्मललाई परिवारले कोठामै थुनेर राख्ने गरेको रहेछ, व्यवस्थापक लामाले भन्नुभयो, “गोरखा नगरपालिकाको समन्वयमा उनको उद्धार गरिएको हो ।”

घरमा कसैलाई नजिक आउन नदिने र सबैलाई कुटपिट गरी लखेट्ने गरेपछि गाउँमा असुरक्षा महसुुस भएकाले सिर्मललाई लामो समयदेखि कोठामा थुनेर राखिएको परिवारको भनाइ थियो । सिर्मलकी आमा फिस्टी सिर्मलले छोराको उपचार गर्न नसकिएकाले एउटै कोठामै ओछ्यान र शौचालय समेतको व्यवस्था गरी थुनेर राख्नु परेको बताउनुभयो ।

उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पुर्‍याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो । विसं २०५८ देखि मङ्गलबाबुमा मानसिक समस्या देखिएको आमा फिस्टीको भनाइ थियो । गोरखा नगरपालिकाको उपप्रमुख मसलीमाया थोकर (सपना पुन) सहित जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको उपस्थितिमा उनलाई उद्धार गरिएको संयोजक लामाले बताउनुभयो ।

उद्धार गरिएका मङ्गलबाबुलाई पोखरास्थित मानवसेवा आश्रममा पुर्‍याइएको छ । उनलाई हेम्जास्थित उक्त आश्रमको शाखामा राखेर मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा उपचार हुने उहाँको भनाइ थियो ।