२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको मिति तोकिनुपूर्व मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ ।

ती पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम उपनिर्वाचनका लागि मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ । विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका नागरिकका साथै विशेषगरी पद रिक्त भएका सम्बन्धित स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आज आग्रह गरेको हो ।

गत २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् विभिन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी २३ पद रिक्त भएको थियो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ ९२० बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ । आयोगले नियमितरूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ । साथै नागरिकको सहजताका लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएको छ । मतदाता दर्तासम्बन्धी विद्यमान कानुनी व्यवस्थाबमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।