• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन

हिउँदे अधिवेशनमा २२ वटा विधेयक टेबुल गर्ने सरकारको तयारी



काठमाडौँ । हिउँदे अधिवेशनमा सरकारले अत्यावश्यक २२ वटा विधेयक संसदमा लैजाने तयारी गरेको छ ।

सोमबार बिहान नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक विधेयकलाई सदनमा टेबुल गर्ने बताउनुभएको सांसद लेखनाथ दाहालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले शिक्षा विधेयक, संघीय प्रहरी ऐन, संघीय निजामति विधेयक लगायत २२ वटा अत्यावश्यक विधेयक संसदमा लैजाने तयारी रहेको जानकारी दिनुभएको दाहालले बताए । उनले भने ,‘आजको बैठकमा सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० टेबुल गर्ने जानकारी दिनुभयो । हिउँदे अधिवेशनमा २२ वटा अत्यावश्यक विधेयक संसदमा लैजाने सरकारको तयारी रहेको जानकारी दिनुभएको छ ।’

माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बस्नेगरी स्थगित भएको उनले बताए । उनले भने, ‘बैठक मंगलबार ९ बजे बस्नेगरी स्थगित भएको छ । संसदमा कसरी प्रस्तुत हुने विषयमा भोलि छलफल हुनेछ’।