२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

पञ्चकोटमा भित्राइयो महाघण्ट -फोटो फिचर

पञ्चकोटमा भित्राइयो महाघण्ट -फोटो फिचर
अ अ+ अ-

बागलुङ :बागलुङको पञ्चकोटमा ५ हजार ५५५ केजीको महाघण्ट भित्राइएको छ । पञ्चकोटमा फागुन ९ गते देखि आयोजना गर्न थालिएको ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ लक्षित गरी महाघण्ट भित्राइएको छ ।महायज्ञमा धानले पुरिने ३१ फिटको मौलोलाई देश दर्शन पछि शनिबार एक साथ महाघण्ट सहित पञ्चकोट फिर्ता ल्याइएको छ ।

महायज्ञको प्रचार–प्रसार संगै महायज्ञमा निमन्त्रणा दिनका लागि मौलो र कलश सहितको राष्ट्रव्यापी यात्रा माघ ७ गते एकादशीको दिन शुभारम्भ गरिएको थियो । अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा धानले पुरिने ३१ फिट अग्लो मौलोलाई देश दर्शन पश्चात शनिबार ५ हजार ५५५ केजीको महाघण्ट सहित पञ्चकोट ल्याइएको छ ।

महाघण्टको स्वागतका लागि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बातावरणमन्त्री दिपेन्द्र बहादुर थापा बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गा पुगेरै स्वागत गर्नुभएको थियो । थापाले पञ्चकोटलाई चिनाउनका लागि महाघण्टले थप भूमिका खेल्ने बताउदै वर्षोदेखिको पञ्चकोटमा महाघण्ट राख्ने सपना पुरा भएको बताउनुभयो ।

“धार्मिक पर्यटनको विकासका लागि पञ्चकोटको ठूलो योगदान रहेको छ, अहिले गर्न थालेको ब्रमाण्डीय महायज्ञले पञ्चकोटलाई थप माथी पुर्‍याउनेछ” थापाले भन्नुभयो “गण्डकी प्रदेश सरकार पञ्चकोटको पर्यटकीय विकासमा संगै रहेको छ ।”

पञ्चकोटबाट हिडेको मौलो म्याग्दी, पोखरा, तनहुँ, काठमाण्डौ देखि हेटौडाबाट पूर्वी चितवन, टाँडी, नारायणघाट, देउघाट, हेटौडा र बुटवल पुगेर शनिबार पञ्चकोट ल्याइएको छ । ३१ फिटको मौलो सहित ५ हजार ५५५ केजीको महाघण्टलाई बागलुङको मालढुङ्गामा स्वागत सहित पञ्चकोट भित्राइएको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मीक पर्यटकीय स्थल पञ्चकोट धामका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको संकल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म नेपालकै सबैभन्दा ठूलो महायज्ञ गर्न लागिएको हो । उक्त महायज्ञको अवसर पारेर महाघण्ट भित्राइएको हो । उक्त महायज्ञमा ३१ फिट अग्लो मौलोलाई २१ हजार क्विन्टल धानले पुरिने छ ।

महाघण्टको स्वागतका लागि मालढुङ्गामा सयौ दर्शनार्थीहरु पुगेका थिए । विभिन्न धार्मिकस्थलहरुमा मौलो र कलशलाई पुर्‍याएर धार्मिक स्थलसंग पञ्चकोटलाई जोड्न खोजिएका कारण महायज्ञको मौलोलाई देश दर्शन गराएर बागलुङ ल्याइएको हो ।

प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्‍याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको शास्त्रीले जानकारी दिनुभयो । नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गनका लागि ब्रमाण्डीय महायज्ञले सहयोग पुर्‍याउने छ ।

पञ्चकोटमा २०७१ सालमा शिलान्यास गरिएको विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिन महायज्ञले सहयोग पुर्‍याउने पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले जानकारी दिनुभयो । उक्त पञ्चकोटमा हाल सम्म गण्डकी माताको मन्दिर, गरुण शिला लगायतका दर्जनौ मन्दिरमा ५० करोड भन्दा बढी रकम खर्च भइसकेको छ ।

बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माण मात्रै रु. ६० करोड खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । उक्त कलश विद्युतीय भर्‍याङ सहित १० तलाको हुनेछ ।