• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

पञ्चकोटमा भित्राइयो महाघण्ट -फोटो फिचर



बागलुङ :बागलुङको पञ्चकोटमा ५ हजार ५५५ केजीको महाघण्ट भित्राइएको छ । पञ्चकोटमा फागुन ९ गते देखि आयोजना गर्न थालिएको ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ लक्षित गरी महाघण्ट भित्राइएको छ ।महायज्ञमा धानले पुरिने ३१ फिटको मौलोलाई देश दर्शन पछि शनिबार एक साथ महाघण्ट सहित पञ्चकोट फिर्ता ल्याइएको छ ।

महायज्ञको प्रचार–प्रसार संगै महायज्ञमा निमन्त्रणा दिनका लागि मौलो र कलश सहितको राष्ट्रव्यापी यात्रा माघ ७ गते एकादशीको दिन शुभारम्भ गरिएको थियो । अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा धानले पुरिने ३१ फिट अग्लो मौलोलाई देश दर्शन पश्चात शनिबार ५ हजार ५५५ केजीको महाघण्ट सहित पञ्चकोट ल्याइएको छ ।

महाघण्टको स्वागतका लागि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बातावरणमन्त्री दिपेन्द्र बहादुर थापा बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गा पुगेरै स्वागत गर्नुभएको थियो । थापाले पञ्चकोटलाई चिनाउनका लागि महाघण्टले थप भूमिका खेल्ने बताउदै वर्षोदेखिको पञ्चकोटमा महाघण्ट राख्ने सपना पुरा भएको बताउनुभयो ।

“धार्मिक पर्यटनको विकासका लागि पञ्चकोटको ठूलो योगदान रहेको छ, अहिले गर्न थालेको ब्रमाण्डीय महायज्ञले पञ्चकोटलाई थप माथी पुर्‍याउनेछ” थापाले भन्नुभयो “गण्डकी प्रदेश सरकार पञ्चकोटको पर्यटकीय विकासमा संगै रहेको छ ।”

पञ्चकोटबाट हिडेको मौलो म्याग्दी, पोखरा, तनहुँ, काठमाण्डौ देखि हेटौडाबाट पूर्वी चितवन, टाँडी, नारायणघाट, देउघाट, हेटौडा र बुटवल पुगेर शनिबार पञ्चकोट ल्याइएको छ । ३१ फिटको मौलो सहित ५ हजार ५५५ केजीको महाघण्टलाई बागलुङको मालढुङ्गामा स्वागत सहित पञ्चकोट भित्राइएको सर्वसिद्धीधाम पञ्चकोटका अध्यक्ष स्वामी दामोदर शास्त्रीले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मीक पर्यटकीय स्थल पञ्चकोट धामका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको संकल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म नेपालकै सबैभन्दा ठूलो महायज्ञ गर्न लागिएको हो । उक्त महायज्ञको अवसर पारेर महाघण्ट भित्राइएको हो । उक्त महायज्ञमा ३१ फिट अग्लो मौलोलाई २१ हजार क्विन्टल धानले पुरिने छ ।

महाघण्टको स्वागतका लागि मालढुङ्गामा सयौ दर्शनार्थीहरु पुगेका थिए । विभिन्न धार्मिकस्थलहरुमा मौलो र कलशलाई पुर्‍याएर धार्मिक स्थलसंग पञ्चकोटलाई जोड्न खोजिएका कारण महायज्ञको मौलोलाई देश दर्शन गराएर बागलुङ ल्याइएको हो ।

प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्‍याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको शास्त्रीले जानकारी दिनुभयो । नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गनका लागि ब्रमाण्डीय महायज्ञले सहयोग पुर्‍याउने छ ।

पञ्चकोटमा २०७१ सालमा शिलान्यास गरिएको विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिन महायज्ञले सहयोग पुर्‍याउने पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले जानकारी दिनुभयो । उक्त पञ्चकोटमा हाल सम्म गण्डकी माताको मन्दिर, गरुण शिला लगायतका दर्जनौ मन्दिरमा ५० करोड भन्दा बढी रकम खर्च भइसकेको छ ।

बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माण मात्रै रु. ६० करोड खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । उक्त कलश विद्युतीय भर्‍याङ सहित १० तलाको हुनेछ ।