५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं एक्सेल्सियर कप: रेडिअन्ट पब्लिक सेमिफाइनलमा



अ+ अ-

काठमाडौं : रेडिअन्ट पब्लिक १० औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा रेडिअन्टले एनआईसी एकेडेमीलाई ४८–२४ ले पराजित ग-यो । रेडिअन्टका रोहित चौधरीले २० अंक जोडे । सिनियर ब्वाइजमै ग्रिनफिल्डले स्वर्णिमलाई २६–१७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १० अंक जोडे । सेमिफाइनलमा ग्रिनफिल्डको भेट जेनिथसंग हुनेछ भने रेडिअन्टले पुष्पसदनको सामना गर्ने छ ।

सिनियर गल्र्समा रिब्सले रेडिअन्ट पब्लिकलाई १३–११ तथा संस्कृतिले स्वर्णिमलाई १८–८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सकी सुप्रिया मल्लले ४ तथा संस्कृतिकी एन्जल शाहीले ८ स्कोर गरे । सेमिफाइनल रिब्स र आयोजक एक्सेल्सियर तथा संस्कृति र काष्ठमण्डपबीच हुनेछ ।

ब्वाइज फुटसल:

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१२ मा बृहस्पति विद्या सदनले सेक्रेड हार्टलाई १–०, द चाँदबागले एलआरआईलाई ४–०, रेडिअन्ट पब्लिकले रिब्सलाई १–० तथा मोर्डन इन्डियन स्कुलले किड्स लर्निङलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी सेमिफाइनल यात्रा तय गरे ।

यु–१३ मा रेडिअन्ट पब्लिकले निसर्ग वाटिकालाई २–०, निर्भाना एकेडेमीले चाँदबागलाई ३–०, काष्ठमण्डपले सेक्रेड हार्टलाई ४–० र बृहस्पतिले न्यु एरालाई ३–० ले हराउदै सेमिफाइनलमा स्थान बनाए ।
यु–१६ मा ग्रिनफिल्डले चेल्सी वल्र्ड स्कुललाई ५–१, काष्ठमण्डपले एक्सेल्सियर ‘पहेलो’ लाई ६–०, न्यु एराले संस्कृतिलाई ४–१ र एक्सेल्सियर ‘रातो’ ले निसर्ग वाटिकालाई ४–१ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।