१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित



अ+ अ-

काठमाडौँ । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उहाँलाई सम्मान प्रदान गर्नुभएको हो ।

हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ । साहित्यकार प्रा डा रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।

प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ । प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ । सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान ग¥यो ।

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रूपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ । डा कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ ।”

मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरूको मुटुको उपचारका लागि डा कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी–कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको बताउनुभयो ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर देशलाई समृद्धि तुल्याउने अभियानमा सहभागी हुन सबै तह र तप्कालाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “परशुराम–शकुन्तला दाहाल परिवार संस्कार, संस्कृति, सद्भाव र विचारका माध्यमद्वारा मुलुकमा समृद्धि र सुगन्ध छर्न सफल हुनुभएको छ ।”

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मानिसको जीवनदान भगवान्ले मात्रै दिन सक्छन् भन्ने मान्यता रहेको नेपाली समाजमा डा कोइरालाले भगवान्कै स्वरुपमा कार्यजिम्मेवारी गरिरहनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तित समाजमा समाजिक मूल्य, मान्यतामा विखण्डित देखिएको छ । परिवार टुटेको छ । वृद्ध बाबाआमालाई छाडेर सन्तान टाढा रहनुपरेको छ । सामाजिक दायित्व कमजोर भएको छ । यो बेला समाजलाई जोड्ने नयाँ सूत्र आवश्यक छ ।”

सम्मानित व्यक्तित्व डा कोइरालाले राज्यले सुम्पिएको कार्यजिम्मेवारीभित्र रही मुटुरोगका क्षेत्रमा कर्तव्य पूरा गर्ने कोसिस गरेकाले त्यसलाई अस्वाभाविक कामका रूपमा नबुझिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा असल काम गर्नेको सङ्ख्यामा कमी आएको छ, राम्रो काम गर्नेलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ । समाजमा अध्यक्ष दाहालजस्तो इमान्दार, प्रभावशाली र बेजोड प्रस्तुति भएका व्यक्तित्व पाउन कठिन छ ।”

उद्योगी डा उपेन्द्र महतोले सम्मानित व्यक्तित्व डा कोइराला आफ्नो क्षेत्रका मेहनती, इमान्दार र सक्षम चिकित्सक भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि नेपाली संस्कार र संस्कृति विश्वमै अद्वितीय रहेको विचार प्रकट गर्नुभयो ।

प्रतिष्ठानका संरक्षक प्रा डा दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । उहाँले नेपाली समाजमा परम्परादेखि स्थापित संस्कार, संस्कृति र परम्पराको जगेर्ना गर्ने प्रेरित गर्ने हिसाबले प्रतिष्ठान स्थापना गरेको बताउनुभयो । रासस