१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने एमाले अध्यक्षको प्रतिबद्धता



file photo
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन प्रतिपक्षकोे भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “मुलुकमा देखिएका बेथितिविरुद्ध बोल्नुपर्छ”, संसद्मा दृढताका साथ प्रस्तुत हुन सांसदलाई निर्देशन दिँदै उहाँले भन्नुभयो । आफ्नो क्षमताअनुसारको संसदीय समिति चयन गरेर प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो ।

संसद्मा प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि खोजमूलक ढङ्गबाट प्रस्तुत हुन आग्रह गर्नुभयो । “व्यवस्थित ढङ्गले संसद् तथा समितिका आगामी बैठक सञ्चालन गर्ने, समितिलाई थप क्रियाशील बनाउने र बढीभन्दा बढी छलफलमा जुट्ने, समितिका कामलाई प्रभावकारी बनाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

दलका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सुशासन र विकासका निम्ति डटेर लाग्नुपर्छ भन्दै उहाँले दलीय व्यवस्थाप्रति नकारात्मक अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभयोे । रासस