• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   नेपाली मूलका भारतीय फुटबलर सुनील क्षेत्रीद्वारा सन्यासको घोषणा ★   पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन ★   कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?– तस्बिरहरु ★   इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’ ★   नक्कली डाक्टर पक्राउ ★   जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते ★   गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइँदै ★   आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

अलमारीमा भेटियो २८५ वर्ष पुरानो कागती, लाखौंमा लिलामी



एजेन्सी । तपाईले प्रायः यस्ता चीजहरू लिलामी भएको देख्नु भएको छ, जुन सामान्य वा बेकारको देखिन्छ, तर तिनीहरूको विशेषताका कारण तिनीहरूमाथि लाखौं र करोडौं रुपैयाँमा बोली लगाइन्छ ।

कयौं पटक यस्ता घटना बाहिर आएका छन्, जसमा बेकार देखिने वस्तुको मूल्यले मानिसलाई अचम्ममा पारेको छ । हालै इंग्ल्यान्डमा भएको यस्तै लिलामी अहिले चर्चाको विषय बनेको छ ।

तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यहाँ २८५ वर्ष पुरानो सुकेको कागती १ लाख भन्दा बढीमा लिलामी भएको छ ।

घर सफा गर्ने क्रममा कपाटमा भेटियो करिब दुई इन्चको यो कालो कागती, जसको मुल्य थाहा पाउँदा छक्क पर्नुहुनेछ । यस्तो अवस्थामा मानिसको मनमा यो प्रश्न उठिरहेको छ कि यो कागतीमा के छ, जसका कारण यसको मूल्य लाखौंमा तोकिएको छ ।

यो बहुचर्चित लिलामी इङ्गल्याण्डको श्रोपशायरमा रहेको ब्रेटेल्स लिलामी घरले आयोजना गरेको हो । लिलामीकर्ताले दिएको जानकारीका अनुसार यो अनौठो कागती एक व्यक्तिले आफ्नो काकाको १९औँ शताब्दीको सानो कपाटमा फेला पारेका थिए ।

तर रोचक कुरा के छ भने उक्त व्यक्ति वार्डरोबको लिलामीका लागि आएका थिए । उनले सोचे कि यो बहुमूल्य हुन सक्छ । जब लिलामीकर्ताले यो कपाटको तस्बिर खिचिरहेका थिए, उनले कपाटको दराजमा २८५ वर्ष पुरानो सुकेको कागती भेटे, जुन कालो भएको थियो । अलमारीसँगै उनले कागती पनि लिलामीमा राखे ।

यो कागतीमा विशेष सन्देश पनि लेखिएको छ । यस कागतीको बोक्रामा लेखिएको छ, ‘मिस्टर पी. लु फ्रान्चिनीद्वारा मिस ई. ब्याक्सटरलाई, नोभेम्बर ४, १७३९ मा दिइयो ।’ यो रोमान्टिक उपहारको रूपमा भारतबाट इङ्गल्याण्ड लगिएको विश्वास गरिन्छ ।

लिलामीकर्ता डेभिड ब्रेटेलले यो कागती ४,२०० देखि ६,३०० रुपैयाँमा बिक्री हुने अनुमान गरे पनि १,४०० पाउण्ड (२.३५ लाख) मा लिलामी भएको, कपाट ३२ पाउण्डमा मात्र बिक्री भएको बताए ।

यसअघि पनि धेरै कुराहरु लिलामी भइसकेका छन्, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । गत वर्ष जुनमा, एक व्यक्तिले लन्डनमा प्रिन्स विलियम र क्याथरिन मिडलटनको विवाहको केकको टुक्रा १७०० पाउन्ड (लगभग २.८४ लाख रुपैयाँ)मा किनेका थिए ।