२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो हो कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य



अ+ अ-

एजेन्सी । आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ । एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ ।

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस जीवमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्न सक्दछ ।

यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भन्ने गरेको पाईन्छ । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा जस्तो प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाही बाँच्न सक्ने अनुमान लगाईएको छ ।

यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकशित गरेको हुन्छ ।

वैज्ञानिकहरुका अनुसार, यो जीवको यस्तो असाधारण क्षमताको कारक तत्व एउटा विशेष जिन हो । उक्त जिन सुख्खा परिस्थितमा सक्रिय हुन्छ र यस जीवको कोशिकाहरुमा पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ ।