• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

म्युजिक भिडियोमा चर्चा पाएकी मलिकाले एउटै भिडियोमा लिइन् १ लाख २० हजार पारिश्रमिक



काठमाडौं । पछिल्लो समय अभिनेत्री मलिका महत्त चर्चामा आएकी छन् । उनले खेलेको 'फुल्बुट्टे सारी' लाई धेरैले रुचाएका छन् ।

म्युजिक भिडियो फुल्बुट्टे सारीले करोडौँ भ्युजको आँकडा पार गेरिसकेका छन् । यस भिडियोलाई हालसम्म ३ करोड ७९ लाख बढीले हेरिसकेका छन् । 

त्यसैगरी उनको 'टाढा भए पनि' बोलको म्युजिक भिडियो पनि दर्शकले रुचाएपछि उनको चर्चा बढ्न थालेको छ । एकपछि अर्को भिडियोले चर्चा पाएपछि उनले आफ्नो पारिश्रमिक पनि बढाएकी छिन् । 

फिल्म क्षेत्र हुँदै म्युजिक भिडियोमा देखिएकी मलिकाले हालै एक म्युजिक भिडियोको लागी १ लाख २० हजार पारिश्रमिक बुझेकी छिन् । उनले 'वर आउन माया' बोलको गीतको भिडियोमा यो रकम बुझेकी हुन् ।