२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा लासा ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु



अ+ अ-

लागोस । नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको थियो ।

जनवरी २६ मा स्वास्थ्य अधिकारीहरूले हालैको प्रकोपको प्रतिक्रियामा राष्ट्रव्यापी लासा ज्वरो आपतकालीन अपरेशनहरू सक्रिय गरेको बताएका छन् । एनसीडीसीले मृत्यु दर कम गर्न राज्य जनस्वास्थ्य टोलीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ ।

यो रोग नाइजेरियामा वर्षैभरि देखा पर्दछ, तर सुख्खा मौसममा धेरै देखा पर्ने जनाइएको छ । यो रोगबाट गत वर्ष नाइजेरियामा कम्तीमा ८० जनाको ज्यान गएको एनसीडीसीलृे जनाएको छ । (रासस/सिन्ह्वा)