• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

विराटनगरमा इस्कोन नेपालको भक्ति उत्सव कार्यक्रम-फोटो फिचर



बिराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबनामृत संघ (इस्कोन)ले बिराटनगरमा भक्ति उत्सव कार्यक्रम गरेको छ ।

विराटनगरको अतिथि सदनको सभाहालमा सुभारम्भ भएकाे कार्यक्रम माघ १८ गते देखी २१ गते सम्म संञ्चालन हुने छ । कार्यक्रममा सहभागिता जनाउन नेपालका विभिन्न शाखाहरूबाट करिब ६०० जनाको उपस्थिति रहेको छ।

युवा सशक्तिकरण शीर्षक रहेको कार्यक्रमा सेमिनार, संस्कृति कार्यक्रम, नगर हरिनाम संकिर्तनका साथै झाँकी प्रस्तुत गरिने इस्कोनले जनाएको छ ।

उद्घाटन सत्रमा बोल्दै इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले,आध्यात्मिक जागरणले युवाहरुको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।

विराटनगर सहायता प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले कार्यक्रमले युवाहरुमा नैतिकता, सदाचार, इमान्दारिताका साथै सत मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेस सुरानाले विराटनगरमा इस्कोनको मन्दिर निर्माण गर्न भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा मोरङ जिल्लाका डि।एस।पी राजन दाहाल, मोरङका जिल्ला समन्वय अधिकारी गिरिराज भट्टराई पराजुली, अतिथि सदनका उपाध्यक्ष सुधीर कुमार अग्रवालले आफ्नो धारणा व्यक्त गरेका गर्नुभएको थियो ।