• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प

प्रमुख शाहसँग राजदूत थम्प्सनको शिष्टाचार भेट



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर.थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा प्रमुख शाहले भन्नुभयो, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरु विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन् ।  युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौँले काम गरिरहेको छ । यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतबासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ ।’

भेटका क्रममा राजदूत थम्प्सनले भन्नुभयो, ‘हामी यहाँका सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन तथा यस्ता कार्यक्रममा अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक छौँ ।’

नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने क्षेत्रगत प्रतिनिधि र कार्यक्रम महानगरपालिकासँग सम्बन्धित हुन सक्छन् । त्यस ठाउँमा सम्भावित कार्यक्रमका बारेमा छलफल गर्न सकिन्छ । छलफलमा धारणा राखिएको थियो ।

थम्प्सनले प्रमुख शाहलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।