• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

अरुण चौधरी र थापालाई सरकारी वकिल कार्यालय पुर्‍याइयो



काठमाडौँ । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरण पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले हिरासतमा राख्न अनुमति लिन सरकारी वकिलको कार्यालयमा लगिएको हो । यँहाबाट उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले चौधरीसहित छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख सिंहलाई प्रयोग गरेर २०४३ भदौ १० गते बिनोद चौधरीले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा लिएका थिए ।