३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङको फिल्म ‘दयारानी’ माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र बनेको बताउनु भयो ।

चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्नसक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दको रुपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्वीकार्न सक्दैन । बरु ऊ अर्को विवाह गर्न तयार छ । सन्तानप्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनुपर्छ भन्ने कथावस्तु यसमा चित्रण छ ।

उहाँले चलचित्रमा सन्तान नभएको बेलामा श्रीमान श्रीमतीबीच कस्ता उत्तारचढाव आउँछन् भन्नेकुरालाई देखाइएको बताउनु भयो । त्यस्तै अभिनेत्री दिया पुनले फिल्ममा सन्तान नभएपछिको पीडालाई देखाइएको बताउनु भयो । त्यस्तै विजय बरालले चलचित्रमा आफूले गरेको अभिनयबाट दर्शकले रुचाइरहेको र आगामी दिनमा पनि सोही माय र साथ दिन आग्रह गर्नुभयो ।

चलचित्रमा दम्पतीबीच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दिया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ ।सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।