२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज घण्टाकर्ण पर्व मनाइँदै



अ+ अ-

काठमाडौं । नेवार समुदायले आज सांस्कृतिक परम्पराअनुसार घण्टाकर्ण पर्व मनाउँदै छन्। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई ‘गठामङ्गल’ पनि भनिन्छ।

परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेका नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप विभिन्न धार्मिक तथा सांस्कृतिक विधि गरिन्छ। यस अवसरमा हरियो नर्कट, निगालो वा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइन्छ। उक्त स्वरूपलाई दोबाटो तथा चौबाटोमा उभ्याउने परम्परा छ।

पर्वका लागि बिहानै स्नान गरी घर–आँगन सफा गरेर पूजापाठ गर्ने चलन छ। बालबालिकाले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने गर्दछन्। साँझ राँको बालेर गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै लगेर जलाउने गरिन्छ।

इतिहास एवं संस्कृतिविद् प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोपाल वंशावलीमा गठामङ्गललाई सत्य, रज र तम गुणका रूपमा व्याख्या गर्दै भैरवको प्रतीक मानिएको छ। नेवार समुदायमा नवविवाहित स्त्री–पुरुषले गठामङ्गलको दर्शन गर्नुपर्ने परम्परासमेत रहेको उहाँले बताउनुभयो।

घण्टाकर्णको पूजा–आराधनाले जीवनमा आउने बाह्य तथा आन्तरिक बाधा र शत्रुबाट रक्षा प्राप्त हुने तथा आर्थिक र भौतिक उन्नति हुने धार्मिक विश्वास रहेको छ। त्यसैले नेवार समुदायमा यस पर्वलाई धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण पर्वका रूपमा मनाउने गरिन्छ।