१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

विपिन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न इजरायलका राजदुतसंगो अध्यक्ष तिमिल्सिना आग्रह

विपिन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न इजरायलका राजदुतसंगो अध्यक्ष तिमिल्सिना आग्रह
अ अ+ अ-

काठमाण्डौ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

राजदुत गोल्डबर्गरले सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मुलमन्त्र बोकेको नेपालले बिश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस भन्ने चाहन्छ भन्नुभयो । “शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ।” उहाँको भनाई थियो ।

हालै इजरालयमा भएको हमासको आक्रमणमा परि अहिले सम्म बेपत्ता पारिएका नेपाली बिद्यार्थी विपिन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गर्नुभयो ।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल – इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गर्नुभयो ।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुन: यो संख्या अझै बढ्ने बिश्वास उहाँको थियो । इजरायलका राजदुत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्दति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रसंशा गर्नुभयो ।