३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न इजरायलका राजदुतसंगो अध्यक्ष तिमिल्सिना आग्रह



अ+ अ-

काठमाण्डौ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

राजदुत गोल्डबर्गरले सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मुलमन्त्र बोकेको नेपालले बिश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस भन्ने चाहन्छ भन्नुभयो । “शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रहिआएको छ।” उहाँको भनाई थियो ।

हालै इजरालयमा भएको हमासको आक्रमणमा परि अहिले सम्म बेपत्ता पारिएका नेपाली बिद्यार्थी विपिन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गर्नुभयो ।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल – इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गर्नुभयो ।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुन: यो संख्या अझै बढ्ने बिश्वास उहाँको थियो । इजरायलका राजदुत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्दति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रसंशा गर्नुभयो ।