• २९ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 11 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति जेनेभा प्रस्थान ★   पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय ★   नेकपा एसभित्र वैचारिक मतभेद छैन: राजेन्द्र पाण्डे ★   सरकारले आफ्नालाई पठाउन विभिन्न देशको राजनीतिक फिर्ता बोलाउने गलत निर्णय गर्‍यो: काँग्रेस ★   आफ्नो पार्टनरलाई बोलेर होइन यी तरिकाहरूमा पनि आफ्नो प्रेम व्यक्त गर्न सक्नुहुन्छ ★   अचेल गाउँघरमा देखिँदैनन् ढिँकीजाँतो ★   यस वर्ष ५० टन केसर उत्पादन गर्ने अफगानिस्तानको अपेक्षा ★   सोनाक्षीको बिहेबारे आफ्नै बुबालाई थाहा छैन ★   सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति शिक्षक संगठनको असन्तुष्टि ★   यमनमा डुङ्गा डुब्दा ३९ आप्रवासीको मृत्यु

जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक



फाईल फोटो

काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए ।

साथै चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् । रासस