२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उपत्यका दृश्यवत हुने सर्वोच्च टावर- फोटो फिचर

उपत्यका दृश्यवत हुने सर्वोच्च टावर- फोटो फिचर
अ अ+ अ-

काठमाडौं । काठमाडौं स्थित कमलादिमा श्री सिद्धि विनायक गणेश भगवानको दर्शन गरेर उत्तरतर्फ फर्कंदा नेपाल प्रज्ञाप्रतिष्ठानको पश्चिमपटि उत्तर मोडिएर हेर्दा देखिने प्रवेशद्वारबाट प्रवेश गर्दा एउटा सुन्दर पार्क देखिन्छ , अनेकौं रङ्गीबिरङ्गी फूलहरु फुलेका छन् । गलैंचा बिछ्याएकोझैं दुबोको भुइँ , वरिपरि सिमेन्टले बनेका मिनी जलाशयमा जलचरहरु खेलिरहेका र तिनैसँग बालबालिका रमाइरहेका देखिन्छन् ।

तिनै जलाशयका बिटमा सजाइएका गमलाहरूमा बिभिन्न प्रजातिका सुन्दर फूलहरुले थपेको मन मोहकतामा मोहित हुँदै तस्वीर खिच्नेहरूको प्रतिष्पर्धा झैं नै देखिन्छ । कोही सामूहिक त कोही एकल , कोही सेल्फी खिच्नमा तँछाडमछाड गरिरहेको दृश्यले भिन्नै रौनकता थपे झैं लाग्छ ।

यो हो स्काइवाक टावरको परिसर । वन्डर्स नेपालले निर्माण गरेको स्काइवाक टावर अहिले आन्तरिक एवम् बाह्य पर्यटकहरूको गन्तव्य स्थल बनेको छ । साढे १३ रोपनी जग्गामा ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ ।

आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ ।

टावरबाट उपत्यका र त्यस परका प्राकृतिक छटाले सिंगारिएका दृश्यहरुले कुनै पनि दृश्यावलोकन गर्ने व्यक्तिलाई मोहित पार्दछ । आधार तलाबाट लिफ्ट मार्फत दुईसय फिटको उचाइमा रहेको तलामा प्रवेश गरेपछि पुगिन्छ स्काइवाकमा ।

अझै माथि पुगेर दृश्यावलोकन गर्न चाहनेहरूका लागि पनि टपस्काइ रहेको छ । दुईसय फिटको तलामा किनाराको छ फिट गरुङ्गो भार थाम्न सक्ने सिसाको गोलाकार स्काइवाकमा पुगेर जमिनमा भएका मानिसको सानो आकार हेर्नु र आफ्नै छायाँ कुल्चिएर परिक्रमा गर्नु अर्कै मज्जा आउँछ ।

उपत्यका भित्रका धरहरा , घण्टाघर , नारायणहिटी दरबार , वसन्तपुर दरबार , सिंहदरबार , भक्तपुर दरबार स्क्वायर , पाटन दरबार , पशुपतिनाथ मन्दिर , स्वयम्भूनाथ मन्दिर , पाटनको कृष्ण मन्दिर , खुला टुँडिखेल , कान्तिपुर , ललितपुर , भक्तपुर र कीर्तिपुरका शहरहरुका बान्की र आधुनिक संरचनाहरु सहजै नियाल्न सकिने त्यस एकाइवाकबाट थानकोट , चन्द्रागिरि , फर्पिङ , शिवपुरी लगायतका उपत्यकाका प्राकृतिक पर्खालहरुले बोकेका आँखी सौन्दर्यहरू , जसलाई प्रत्यक्ष कुल्चन र भेट्न कयौं दिनहरु लाग्छन् , तिनलाई एउटै टावरमा उभिएर दृश्यावलोकन गर्न सकिने स्काइवाक आधुनिक प्रविधियुक्त रहेको छ ।

चिया नास्ताका लागि व्यवस्थित रेस्टुराँ र क्याफेको समेत व्यवस्था गरिएको स्काइवाक काठमाण्डौ कमलादी सिङ्गै उपत्यका दृश्यवत हुने सर्वोच्च टावर बनेको छ ।

चिया नास्ताका लागि व्यवस्थित रेस्टुराँ र क्याफेको समेत व्यवस्था गरिएको स्काइवाक काठमाण्डौ कमलादी सिङ्गै उपत्यका दृश्यवत हुने सर्वोच्च टावर बनेको छ ।