२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरण: व्यवसायी अरुण चौधरी पक्राउ



अ+ अ-

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को स्रोतले जनाएको छ ।

जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ ।

थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो।

अरुण चौधरी सीजी होल्डिङ्सका अध्यक्ष हुन्।  अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेकाे प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्कातिर यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ।

सो जग्गामा अहिले चाँदबाग बिद्यालय संञ्चालन भै रहेको छ । सो जग्गाको स्वामित्व भने अरुणका दाजु तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको  मा रहेका छ ।