• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

ऋतिक रोशन र दीपिकाको फिल्म ‘फाइटर’ ले ७ दिनमा कमायो २५० करोड



एजेन्सी । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ ले विश्वभर अर्को माइलस्टोन पार गरेको छ । देशभक्तिपर चलचित्र ‘फाइटर’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

फिल्मले विश्वभर ३६.०४ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन ६४.५७ करोड, तेस्रो दिन ५६.१९ करोड, चौथो दिन ५२.७४ करोड, पाँचौं दिन १६.३३ करोड र छैटौं दिन १४.९५ करोड कमाएको छ ।

वल्र्डवाइड ‘फाइटर’ ले रिलिजको सातौं दिनमा ठूलो उपलब्धि हासिल गरेको छ । यो फिल्मले सातौं दिन विश्वभर ११.७० करोड कलेक्सन गरेको थियो र योसँगै फिल्मले २५० करोड पार गरेको थियो । फिल्मको ७ दिनमा कुल विश्वव्यापी कलेक्सन २५२.५२ करोड पुगेको छ ।

भारतमा पनि ‘फाइटर’ ले रिलिज भएको सात दिनमा उत्कृष्ट कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन २२.५ करोड, दोस्रो दिन ३९.५ करोड, तेस्रो दिन २७.५ करोड, तेस्रो दिन २९ करोडको व्यापार गरेको छ । चौथो दिन आठ करोड, पाँचौं दिन आठ करोड र छैटौं दिन साढे सात करोड कमाएको थियो । फाइटरले सातौं दिनमा ६.३५ करोड कमाएको थियो, त्यसपछि फिल्मको कुल कलेक्सन अहिले १४०.३५ करोड भारु भएको छ। फिल्मले यो साताको १५० करोड क्लबमा सामेल हुनेछ ।