२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋतिक रोशन र दीपिकाको फिल्म ‘फाइटर’ ले ७ दिनमा कमायो २५० करोड



अ+ अ-

एजेन्सी । ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ ले विश्वभर अर्को माइलस्टोन पार गरेको छ । देशभक्तिपर चलचित्र ‘फाइटर’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

फिल्मले विश्वभर ३६.०४ करोडको ओपनिङ गरेको थियो । दोस्रो दिन ६४.५७ करोड, तेस्रो दिन ५६.१९ करोड, चौथो दिन ५२.७४ करोड, पाँचौं दिन १६.३३ करोड र छैटौं दिन १४.९५ करोड कमाएको छ ।

वल्र्डवाइड ‘फाइटर’ ले रिलिजको सातौं दिनमा ठूलो उपलब्धि हासिल गरेको छ । यो फिल्मले सातौं दिन विश्वभर ११.७० करोड कलेक्सन गरेको थियो र योसँगै फिल्मले २५० करोड पार गरेको थियो । फिल्मको ७ दिनमा कुल विश्वव्यापी कलेक्सन २५२.५२ करोड पुगेको छ ।

भारतमा पनि ‘फाइटर’ ले रिलिज भएको सात दिनमा उत्कृष्ट कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन २२.५ करोड, दोस्रो दिन ३९.५ करोड, तेस्रो दिन २७.५ करोड, तेस्रो दिन २९ करोडको व्यापार गरेको छ । चौथो दिन आठ करोड, पाँचौं दिन आठ करोड र छैटौं दिन साढे सात करोड कमाएको थियो । फाइटरले सातौं दिनमा ६.३५ करोड कमाएको थियो, त्यसपछि फिल्मको कुल कलेक्सन अहिले १४०.३५ करोड भारु भएको छ। फिल्मले यो साताको १५० करोड क्लबमा सामेल हुनेछ ।