२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार कैलालीमा

सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार कैलालीमा
अ अ+ अ-

काठमाडौं । सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वड, सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाट बजार व्यवस्थापन  समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्म कुमार बिष्ट र बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

सनराइज बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्प बहादुर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्‍याउन धनगढी उप-महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाई थियो ।

सोही कार्यक्रममा सन्राइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सनराइज बैंकले सबैक्षेत्रकास–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताउनु भयो । 

साथै त्रिनगर कृषि हाट बजार व्यवस्थापन  समिती धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाट बजारमा तरकारी तथा फलफूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले स(साना कारोबारमा समेत डिजिटल बैकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताउनुभयो ।