• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला

आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता: नेपाल बङ्गलादेशसँग पराजित



काठमाडौँ: आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे ।

बङ्गलादेशका लागि अरिफुल इस्लाम र जिसान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा अविजित ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिसानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए । उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए । नेपालका लागि स्पिनर सुभास भण्डारीले ५ विकेट लिए ।यसअघि दक्षिण अप्रिकाको माङ्काउग ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए । उनले एक सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए ।

बङ्गलादेशका लागि रहमत ब्रोसनले चार विकेट लिए बने शेख परवेज जीवनले तीन विकेट झारे । क्वाल इमोन र मारुफ मृदले समान एक-एक विकेट लिए । अब नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।