• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

कांग्रेसका युवा नेता भण्डारीले गरे पार्टी समाप्त हुने यस्तो खुलासा !



चितवन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताउनुभयो । 
     
उहाँले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।”  फरक प्रसङ्गमा उहाँले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उहाँको भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उहाँले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गर्नुभयो ।