• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीलाई १४ वर्षको जेल सजाय



Imran Khan and his wife

एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई सरकारी उपहार अवैध रूपमा बिक्री गरेको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

अदालतले भ्रष्टाचारका मुद्दामा दम्पतीलाई १४ वर्षको लागि सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य र ७५ करोड ७० लाख रुपैयाँ (२.७ मिलियन डलर) जरिवाना पनि तोकेको छ। बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन् ।

मंगलबार मात्रै इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो । राज्य गोप्य खुलासा गरेको आरोपमा खानलाई १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि यो सजाय सुनाइएको हो।

सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन् ।

खानले आफू विरुद्ध भएका कैयौँ मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताउदै आएका छन् ।