२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० औं एक्सेल्सियर कप : रेडिअन्ट र एक्सेल्सियरको जित



अ+ अ-

काठमाडौं ।  रेडिअन्ट पब्लिक र आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।

रेडिअन्टले ज्ञानोदय बालवाटिकालाई ३०–१० ले पराजित ग¥यो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले १९ अंक योगदान गरिन् । डोमा छिरिङ गुरुङको ५ अंक सहयोगमा एक्सेल्सियरले द चाँबागलाई ११–९ ले हरायो । गल्र्समै स्वर्णिमले ल्यान्डमार्क एकेडेमीलाई १४–३ ले पाखा लगायो । स्वर्णिमकी नसाना श्रेष्ठले ५ स्कोर गरिन् ।

सिनियर ब्वाइजमा रेडिअन्टले ग्रिनफिल्डलाई ५६–३२, स्वर्णिमले निसर्ग वाटिकालाई १६–१५ र पुष्पसदनले ज्ञानोदय बालवाटिकालाई ३१–१० ले पन्छाए । रेडिअन्टका लमिक योञ्जनले १९, स्वर्णिमका रौनक मानन्धरले ५ र पुष्पसदनका मनीष गुरुङले ११ अंक जोडे ।

ब्वाइज फुटसल:

ब्वाइज फुटसलको यु–१२ मा राई स्कुलले ल्यान्डमार्कलाई २–०, बृहस्पति विद्या सदनले ल्यान्डमार्कलाई २–० र राई स्कुललाई १–०, न्यु जेनिथले जोन डेवीलाई १–० तथा रेडिअन्ट पब्लिकले एक्सेल्सियर ‘नीलो’ लाई १–० गोलले पराजित गरे ।

यु–१३ मा न्यु एराले ल्यान्डमार्कलाई ३–०, स्वस्तिश्री गुरुकुलले राई स्कुललाई २–१, बोधीसत्वले ल्यान्डमार्कलाई १–०, बृहस्पतिले जोन डेवीलाई २–०, सेक्रेड हार्टले स्वस्तिश्रीलाई २–१ र रेडिअन्ड पब्लिकले सेक्रेड हार्टलाई ३–२ गोलले हराए । फेरिल्यान्ड र बृहस्पतिले २–२ तथा न्यु एरा र निर्भाना एकेडेमीले १–१ गोलको बराबरी खेले । यु–१६ मा ग्रिनफिल्डले सेक्रेड हार्टमाथि ३–२ को जित दर्ता ग-यो ।