८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डलाई हराउँदै उज्वेकिस्तान एसिया कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । उज्वेकिस्तान कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केहीबेर अघि सम्पन्न खेलमा थाइल्याण्डलाई २–१ गोलले पराजित गर्दै उज्वेकिस्तानले अन्तिम ८ को टिकट काटेको हो ।

खेलको ३७ औं मिनेटमा अजिवेक तुर्गुनवोएभले गोल गर्दै उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ५८ औं मिनेटमा सुपाचोक साराचातले गोल गर्दै थाइल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याए ।

६५ औं मिनेटमा अवोस्वेक फएजुल्लाएभले गोल गर्दै उज्वेकिस्तानलाई २–१ ले अघि बढाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र उज्वेकिस्तान विजयी बन्यो ।

उज्वेकिस्तानले अव क्वाटरफाइनलमा आयोजक कतारसँग खेल्नेछ । दुई टोलीबीचको क्वाटरफाइनल खेल शनिबार ९ः१५ बजे सुरु हुनेछ ।