४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डलाई हराउँदै उज्वेकिस्तान एसिया कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । उज्वेकिस्तान कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केहीबेर अघि सम्पन्न खेलमा थाइल्याण्डलाई २–१ गोलले पराजित गर्दै उज्वेकिस्तानले अन्तिम ८ को टिकट काटेको हो ।

खेलको ३७ औं मिनेटमा अजिवेक तुर्गुनवोएभले गोल गर्दै उज्वेकिस्तानलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ५८ औं मिनेटमा सुपाचोक साराचातले गोल गर्दै थाइल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याए ।

६५ औं मिनेटमा अवोस्वेक फएजुल्लाएभले गोल गर्दै उज्वेकिस्तानलाई २–१ ले अघि बढाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र उज्वेकिस्तान विजयी बन्यो ।

उज्वेकिस्तानले अव क्वाटरफाइनलमा आयोजक कतारसँग खेल्नेछ । दुई टोलीबीचको क्वाटरफाइनल खेल शनिबार ९ः१५ बजे सुरु हुनेछ ।