८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै अघि बढेन तीनकुने पुल निर्माण



अ+ अ-

काठमाडौं । तिनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो । पुरानो ठेक्का तोडिए पनि नयाँ ठेक्कामा जान बाँकी रहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । 

सो पुल निर्माणका लागि लाग्ने लागतको अनुमानको काम सडक विभागले गर्न बाँकी रहेको आयोजनाका प्रमुख गुरु अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागबाट त्यो आएपछि नयाँ ठेक्काका लागि प्रक्रिया हुनेछ ।”

निर्माण व्यवसायीको लापरवाहीका कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो ।  यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ । सो पुल यसअघि निर्माण कम्पनी आफैँले डिजाइन गर्नेगरी ९डिजाइन एण्ड बिल्ड० सम्झौताका आधारमा निर्माण शुरु गरिएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

यसअघि निर्माणको काम गरेको कम्पनीले गरेकोमध्ये प्राविधिक हिसाबले समस्या नभएको संरचना मात्रै स्वीकार गरिएको छ । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । 

कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको उहाँले बताउनुभयो । काम गर्न आवश्यक रकम पेश्की (मोबाइलाइजेसन) पहिले  कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको उहाँले बताउनुभयो । 

नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणका लागि साढे दुईदेखि तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

आयोजनाले विसं २०७१ मा नै सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुई÷दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएर गत वर्षदेखि नै प्रयोगमा आइसके पनि सो पुल निर्माण अघि बढ्न सकेको थिएन । यसअघि रु २१ करोड ३३ हजार बजेटमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का भएको थियो ।

नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्स एण्ड ब्रिज) बाट सो पुल निर्माण गरिने गरी सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । पुल साँघुरो भएकाले तिनकुने क्षेत्रमा सवारी चाप बढी हुँदा चालक र यात्रु हैरान छन् ।