२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.29

Wind: 1.54

Humidity: 82

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली समकालिन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता हुनुहुन्छ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक समारोहकाबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएको समेत बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले संसदमा गर्नुभएका भाषणहरु पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताउनु भयो ।

उहाँले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भुमिका समेत उजागर गरेको बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पतीको रुपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यु समकालिन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ । यसर्थ, श्री केपी शर्मा ओलीले संसदमा गर्नुभएका भाषणहरु पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण छन् । र ती संकलनीय र संग्रहणीय पनि रहेका छन् । त्यसैले पनि यस पुस्तकको विशेष महत्व रहेको छ ।’

‘निरंकुश तानाशाही शासन व्यवस्थाको अन्त्य, लोकतन्त्र र मानव अधिकारको स्थापना, जनताको पक्षमा राजनीति गर्ने शिलशिलामा उहाँले १४ वर्ष लामो कष्टपूर्ण जेल जीवन बिताउनु भएको छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि भने उहाँ नेकपा एमालेको तर्फबाट २०४८, २०५१ साल र २०५६ सालमा संसद सदस्य तथा २०७४ सालमा २०७९ मा समेत संसदमा निर्वाचित हुनुभएको छ । यसक्रममा उहाँ २०५१ सालमा गृहमन्त्री, २०६४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, २०७२ मा पहिलो पटक र २०७४ मा दोस्रो पटक र २०७८ मा तेस्रो पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँले यिनै जिम्मेवारीमा रहँदा कहिले विपक्षी नेताको रुपमा, कहिले मन्त्री वा प्रधानमन्त्रीको रुपमा प्रतिनिनिधिसभा व्यवस्थापिका संसद र संविधानसभामा सम्बोधन गर्नुभएका विचारहरु यस पुस्तकमा समेटिएका छन । श्री केपी शर्मा ओलीज्युले संसदमा बोल्नुभएका कुराहरु कथ्यको रुपमा संसद सचिवालयमा मात्रे थन्किरहेको अवस्थामा त्यसलाई अभिलेखीकरण गरी यस पुस्तकका माध्यामबाट आज सार्वजनिक गर्ने काम सम्पन्न भएको छ । अव यी मन्तव्यहरु आम पाठकका बीचमा आएका छन् । नेपालको लोकतान्त्रिक शासन व्यवस्था र राष्ट्रिय विकासका लागि राजनीतिक नेताहरुले गरेका सार्वजनिक अभिव्यक्तिहरुको दस्तावेजीकरणले ठूलो महत्व राख्दछ । अव यो संग्रह सबैको साझा सम्पती भएको छ ।’

‘यस्ता अभिलेखहरु भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्न सक्दछ । साथै अनुसन्धानकर्ताहरु, इतिहासकारहरु तथा आम पाठकलाई कुनै निश्चित समय अवधिको परिवेश, चुनौतिहरु र जनताका आकांक्षाहरु बुझ्न यस्ता अभिलेखहरु उपयोगी हुन सक्दछन् । लोकतन्त्रमा नागरिकहरुलाई उनीहरुको जीवनमा असर गर्ने निर्णयहरु र आफूले चुनेर पठाएका प्रतिनिधिले गरेका कामहरुका बारेमा जानकारी प्राप्त गर्ने अधिकार हुन्छ । सार्वजनिक भाषणहरुको दस्तावेजीकरणले एकातर्फ राजनीतिक नेताहरुलाई आफूले जनताको सामु गरेका वाचाहरु, घोषणाहरु र गरेका कार्यहरुका लागि जवाफदेही बनाउन सहयोग गर्दछ भने अर्कोतर्फ आफ्नो विचार, दृष्टिकोण एवं पहलहरुलाई जनता समक्ष पुर्‍याउन संचार पुलको काम समेत गर्न सक्दछ भन्ने मलाई लाग्दछ । यस पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भुमिका उजागर गरेको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तक नेताहरुलाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।