८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकपमा सुपर सिक्स चरणका खेल आजबाट



अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी एकदिवसीय यू–१९ विश्वकप क्रिकेटमा आज मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् ।

समूहचरणका खेल सकिएसँगै ४ समूहबाट हरेक तीन टोलीले सुपर सिक्समा स्थान बनाएका छन् । सुपर सिक्समा १२ देशलाई २ समूहमा विभाजन गरेर ६–६ टिमका दुई समूह बनाइएको छ ।

सुपर सिक्सको समूह १ मा नेपालसहित न्युजिल्यान्ड, पाकिस्तान बंगलादेश आयरल्यान्ड र भारत रहेका छन् । यस समूहबाट भारत र पाकिस्तान समूहचरणको ४ अंक लिएर प्रवेश गरेकाले उनीहरूको सेमिफाइनल सम्भावना बलियो छ ।

आफूले पराजित गरेको टोली सपुर सिक्समा पुगे उनीहरूलाई हराएको अंक ‘क्यारि’ हुने भएकाले भारतले समूहचरणमा बंगलादेश र आयरल्यान्डलाई हराउँदै जोडेको चार अंक सुपर सिक्समा कायम रहने छ । बंगलादेश र आयरल्यान्ड सुपर सिक्समा पुगेकाले यस्तो भएको हो ।

त्यस्तै, पाकिस्तानले पनि नेपाल र न्युजिल्यान्डलाई हराएकाले उसले पनि चार अंकका साथनै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्समा एक टिमले दुई खेल मात्रै खेल्न पाउने छन् । पाकिस्तान र भारत एकै समूहमा रहे पनि यी दुई देशबीच खेल हुने छैन । समूह विजेता भएका टोलीले एक अर्काविरुद्ध खेल्नु नपर्ने भएकाले भारतको खेल समूह ‘डी’मा दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड र तेस्रो स्थानको नेपालसँग हुनेछ । त्यस्तै पाकिस्तानले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको बंगलादेश र तेस्रो स्थानको आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्सका खेल आजदेखी ३ फेब्रुअरी (शनिबार) सम्म हुने छ । जहाँबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन् । अर्को समूहबाट पनि शीर्ष २ मा रहने टिम सेमिफाइनलका लागि छनोट हुनेछन् ।

समूह २ मा ‘बी’ र ‘सी’का शीर्ष तीन टोली रहेका छन् । जसमा आयोजक दक्षिण अफ्रिकासहित, अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, इंग्ल्यान्ड र जिम्बाब्वे रहेका छन् ।

आज तीन खेल
विश्वकपमा सुपर सिक्सअन्तर्गत आज तीन खेल हुनेछ्न् । जसमा भारत र न्युजिल्यान्ड भिड्दा अर्को खेलमा श्रीलंका र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, आज नै आयरल्यान्ड र पाकिस्तानबीच पनि खेल हुँदैछ । सबै खेल एकै समयमा ( दिउँसो १ः४५ बजे) सुरु हुनेछन् ।

नेपालले भने भोलि बुधबार बंगलादेशसँग खेल्नेछ । त्यसपछि फेब्रुअरी २ मा नेपालको खेल भारतसँग हुनेछ ।