• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयघातबाट निधन



काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । ५६ वर्षीय न्यायाधीश मरासिनीको हृदयघातको कारण निधन भएको हो ।

मङ्गलवार बिहान घरमा बसिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा बिहान १० बजे निधन भएको उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले बताए ।

न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उनी  रौतहट जिल्ला अदालतबाट  बढुवा भएर  उच्चमा आएका थिए ।