७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

३६ प्रतिशतले बढ्यो चल्लाको मूल्य



अ+ अ-

काठमाडौं । उत्पादन घटेसँगै कुखुराका चल्लाको मूल्य ३६ प्रतिशतले बढेको छ । प्यारेन्ट चल्ला (माउ कुखुराका चल्ला) को अभावका कारण चल्ला उत्पादन घट्न पुगेको हो । लामो समयसम्म भएको बन्दाबन्दीका कारण ह्याचरी व्यवसायीले प्यारेन्ट चल्ला आयात गर्न नसक्दा अभाव भएको बताइएको छ ।

ह्याचरी उद्योग संघले दिएको जानकारी अनुसार करीब १ महीना अघिसम्म प्रतिचल्ला ७० रुपैयाँ पर्ने ब्रोइलर चल्लाको मूल्यमा करीब ३६ प्रतिशतले वृद्धि हुँदै आजभोलि ९५ रुपैयाँसम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेयर्स चल्लाको मूल्यमा पनि २२ प्रतिशतले वृद्धि हुँदै १ सय ७० रुपैयाँ पुगेको छ ।

संघका अध्यक्ष टीकाराम पोखरेलले नेपालमा प्रतिहप्ता ४२ देखि ४५ लाख चल्लाको माग भए पनि प्यारेन्टको अभावका कारण यतिबेला प्रतिहप्ता २८ लाख चल्लाको मात्र उत्पादन भइरहेको आर्थिक अभियान दैनिकलाई बताए । बजारमा चल्लाको माग अत्यधिक भए पनि उत्पादन गर्न नसकिएकाले माग पूरा गर्न निकै गाह्रो भएको उनले जानकारी दिए ।

‘बन्दाबन्दीका समयमा चल्ला विक्री नहुँदा गाड्नुपर्ने स्थिति आयो अब अहिले माग धान्नै गाह्रो छ,’ उनले भने । आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।