९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी घट्यो फेवातालको क्षेत्रफल ? १६१९ रोपनी जग्गा गायब



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित ‘फेवाताल संरक्षण उच्चस्तरीय आयोग’ ले २०६९ सालमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी कायम गरेको थियो। तर पुण्यप्रसाद पौडेलको संयोजकत्वमा हालै गठित फेवाताल चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेवातालको क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी कायम गर्‍यो।

अहिले कायम गरिएको क्षेत्रफल लामिछाने प्रतिवेदनले कायम गरेको क्षेत्रफलभन्दा १ हजार ६ सय ९ रोपनी कम हो। फेवातालको अघिल्लो प्रतिवेदनमा देखिएको १ हजार ६ सय ९ रोपनी जमिन कहाँ गयो ? नागरिक समाजका अगुवादेखि अधिकांश पोखरेली यसको जबाफ मागिरहेका छन्।

पौडेल समितिले लामिछाने प्रतिवेदनको सीमांकन र अहिलेको सीमांकन एकै भएको दाबी गरेको छ। यसलाई उच्चस्तरीय आयोगका तत्कालीन संयोजक लामिछानेले पनि स्विकारेका छन्। त्यसो भए किन फरक पर्‍यो त दुई प्रतिवेदनको क्षेत्रफल ?

पौडेल समिति र लामिछाने प्रतिवेदनको सीमांकन लगभग उस्तै छ। यो दुई प्रतिवेदनबीच फरक भनेको भकुण्डे खोला तालअन्तर्गत पर्छ कि पर्दैन भन्ने मात्रै हो। लामिछाने प्रतिवेदनले भकुन्डे खोलालाई तालको स्रोत मानेर त्यसलाई राखेर सीमांकन गरेको छ। तर पौडेल समितिले भकुन्डे खोलालाई ताल क्षेत्र नभएकाले समेटेको छैन। नागरिक दैनिकमा समाचार छ ।