८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा इराकलाई हराउँदै जोर्डन एसिया कपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । इराक कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जोर्डनविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकाल्दै इराकले अन्तिम ८ को यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको इन्जुरी समयमा याजन अल नैमतले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । यता ६८ औं मिनेटमा साद नतिकले गोल गर्दै इराकलाई १–१ गोलको बराबरीमा ल्याए ।

७६ औं मिनेटमा इराकले अयमन हुसेनको गोलबाट २–१ को अग्रता बनायो । तर, उनले गोल गरेपछि उनको सेलिब्रेसनलाई लिएर रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिरिएपछि इराक १० खेलाडीमा समेटियो ।

खेलको इन्जुरी समयमा जोर्डनले दुई गोल थप्दै रोमाञ्चक जित निकाल्यो । ९०+५ औं मिनेटमा याजन अल अरबले तथा ९०+७ औं मिनेटमा निजार अल राशदानले गोल गर्दै जोर्डनलाई रोमाञ्चक जित दिलाए ।