• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

रोमाञ्चक खेलमा इराकलाई हराउँदै जोर्डन एसिया कपको क्वाटरफाइनलमा



काठमाडौँ । इराक कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जोर्डनविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकाल्दै इराकले अन्तिम ८ को यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफको इन्जुरी समयमा याजन अल नैमतले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । यता ६८ औं मिनेटमा साद नतिकले गोल गर्दै इराकलाई १–१ गोलको बराबरीमा ल्याए ।

७६ औं मिनेटमा इराकले अयमन हुसेनको गोलबाट २–१ को अग्रता बनायो । तर, उनले गोल गरेपछि उनको सेलिब्रेसनलाई लिएर रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिरिएपछि इराक १० खेलाडीमा समेटियो ।

खेलको इन्जुरी समयमा जोर्डनले दुई गोल थप्दै रोमाञ्चक जित निकाल्यो । ९०+५ औं मिनेटमा याजन अल अरबले तथा ९०+७ औं मिनेटमा निजार अल राशदानले गोल गर्दै जोर्डनलाई रोमाञ्चक जित दिलाए ।