४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नार्कका निर्देशक नियुक्ति छानबिन गर्न माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बिनिता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकको नियुक्तिबारे तत्काल छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य कठायतले आज समितिका सभापति डा आरजु राणालाई नवनियुक्त नार्कका कार्यकारी निर्देशक डा धुव्रराज भट्टराईको नियुक्ति ऐनबमोजिम नभएको जनाउँदै तत्काल छानबिन गर्न माग गर्नुभएको हो ।

उहाँले नार्कका नवनियुक्त निर्देशक डा भट्टराईको नियुक्ति नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुसार नभएको जनाउँदै सभापति राणालाई ध्यानाकर्षणपत्र बुझाउनुभयो । “नियुक्त व्यक्तिले नार्क ऐन २०४८ मा उल्लेखित योग्यता पूरा नगरेको देखिन्छ”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिको अभिलेख मापदण्डबाट यो विचलनले स्थापित मापदण्डको वैधता र पालनाबारे प्रश्न खडा गर्छ ।”

सभापति डा राणाले ध्यानाकर्षणपत्र बुझ्दै उक्त विषयमा समितिमा छलफल गर्ने र आवश्यक निर्देशन दिने प्रतिबद्धता दिनुभएको सांसद कठायतले बताउनुभयो । रासस