२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा, मनाङ सडन डेथमा स्तब्ध



अ+ अ-

पोखरा । जावलाखेल युथ क्लबले आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो ।

टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जावलाखेलका गोलरक्षक युनेश चौधरीले बचाउँदै टोलीलाई सेमिफाइनल पुर्‍याए ।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो । साथै, थपिएको अतिरिक्त समयमा पनि कुनै गोल निस्किन सकेन र खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिमतिर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिन पुग्यो ।