५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षणका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानले नै राज्यशक्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेकाले जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने धारणा राख्नुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्न हुँदैन ।” राजनीतिकर्मीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे नागरिकले पनि अपनत्वको भाव देखाउने जनाउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक–फरक भए पनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने विचार प्रकट गर्नुभयो । रक्षामन्त्री खड्काले प्रशिक्षणमा रहेका सैनिक अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतका रूपमा स्थापित गर्न स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्नेमा सदैव हेक्का राख्नुपर्दछ ।”

प्रतिष्ठानले सेनालाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्न सक्षम तुल्याउने, बफादार, अनुशासित, नैतिकवान तथा दक्ष सैनिक अधिकृत उत्पादन गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याई प्राज्ञिक थलोका रूपमा स्थापित र परिचित गराउन गरिरहेको प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मासहितका अधिकारी सहभागी हुनुहुन्थ्यो । रासस




भर्खरै