५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पताल हुनु हुँदैन: सचेतक बर्तौला



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल हुनु नहुने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रिय अस्पताल कुन हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले यो विधेयक असाध्यै स्पष्ट ढंगले ल्याएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रिय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको देखिने बताउनु भयो ।

उहाँले प्रतिष्ठानअन्तर्गत रहने हो भने सरकारले भनेको कुराहरु अस्पतालहरुले नमान्ने स्थिति आउने विगतको अनुभवबाट जानकारी पाएको बतउनु भयो । न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो युनिभर्सिटी बनाउन नसके सो समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयक असाध्यै स्पष्ट ढंगले सरकारले ल्याएको छ जस्तो देखिन्छ । विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रिय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याएको छ । सिंगो देशलाई ध्यान दिएर हामीले बनाउने कानून के हो भने नेपाल सरकारको अब यहाँहरुले भनेकै जस्तो न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रिय अस्पताल कुन हो ? मलाई एकपटक बताइदिनुहोस् न । प्रतिष्ठानभित्र जब त्यो वीर अस्पतालभित्र तपाईहरु पनि हुने भोलि ट्रमा पनि जोडिँदै जाने भन्ने ढंगबाट जाने हो देशको केन्द्रिय अस्पताल कुन हो ? आज टिचिङ सरकारले भनेको अनुसार हुन्छ । बिपी सरकारको सिधै भनेअनुसार छ ? पाटन छ ? वीर अस्पताल पनि प्रतिष्ठानअन्तर्गत लिएर गएर । न्याम्स एउटा प्रतिष्ठान हो, उसले आफ्नो युनिभर्सिटी, आफ्नो कलेज आफ्नो बनाउनुपर्छ । बनाउन सक्दैन भने त्यति बेलासम्म उसले वीर अस्पतालसँग एमओयु गरेर चलाउनसक्छ । कोभिडको समयमा वीर अस्पतालले नेपाल सरकारलाई सहयोग गरेन ।’

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद जीवन परियारले लामो समयसम्म पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाई शुरु गर्न सकिरहेको छैन ? भन्द प्रश्न गर्नुभयो । उहाँले प्रतिष्ठानले आफैँ स्वायत्त ढंगले काम गर्न नसक्दा प्रगति हुन नसकेको हो ? भन्ने प्रश्न गर्नुभयो ।

सांसद परियारले भन्नुभयो, ‘यसमा वीर अस्पताल, स्वास्थ्यमन्त्री र सरोकारवाला अन्य व्यक्तिलाई समेत राखेर न्याम्सका पदाधिकारी सबै राखेर । मलाई सम्झना के छ भने म अघिल्लो पटक संसदमा हुँदा हामीले गण्डकी पश्चिमाञ्चल अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग जोडेर नै काम गरेका छाँै । त्यो अलिकति फरक प्रकृतिको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै खालको ऐन छ । बिपीको आफ्नै ऐन छ । वीर अस्पतालले पनि दुई वटा मात्रै एमडिएमएसको पढाइ गराउँछ । दुई कोटा दिन्छ भने गंगालाल र काठमाडौं युनिभर्सिटीलाई पनि दुई वटा नै दिन्छ । यति लामो समय हुँदा पनि चिकित्सा शिक्षा विज्ञान प्रतिष्ठानले किन एमबीबीएसको पढाई शुरु गर्न सकिरहेको छैन ? यसका पछि पनि धेरै कुराहरु आएका छन् । यो प्रतिष्ठानले आफैँ स्वायत्त ढंगले काम गर्न नसक्दा यसको उन्नति प्रगति हुन नसकेको हो की ? के कारणले गर्दा वीरमा आश्रित हुनुपरेको हो । केन्द्रिय अस्पताल नै रहनुपर्छ वीर अस्पताल भन्ने पनि एकातर्फ कुरा उठेको छ ।’

सांसद परियारले वीर अस्पताल केन्द्रिय अस्पताल नै रहनुपर्ने बताउनु भयो ।