१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्र गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक कल्याणकारी कोषको रकम प्रतिफल प्राप्त हुने काममा खर्च गर्नुस्ः उपप्रधानमन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषमा सञ्चित रकमलाई बढीभन्दा बढी प्रतिफल प्राप्त हुने कार्यमा उपयोग गर्न सुझाव दिनुभएको छ ।

आईतवार सैनिक कल्याणकारी निर्देशनालयको निरीक्षण गर्नुहुँदै कोषको रकम हिताधिकारीहरूलाई थप आर्थिक तथा सामाजिक सुरक्षा उपलब्ध हुने योजना तथा कार्यक्रममा लगानी हुनुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कोष स्थापनापछि हालसम्म १० लाखभन्दा बढी लाभान्वित भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुहुँदै उपप्रधानमन्त्री खड्काले कोषलाई आगामी दिनमा नेपाली सैनिक तथा आश्रित परिवारजनलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा सेवा थप बिस्तार गर्दै लैजान सुझाव दिनुभयो ।

नेपाली सेना र आश्रित परिवारको वृहत्तर हितका लागि स्थापना भएको कोषको रकमबाट विभिन्न कल्याणकारी एवं आयमुलक कार्यक्रमको समन्वय र सञ्‍चालन भइरहेको छ । विसं २०३२ मा स्थापना भएको कोष योगदानमा आधारित गैर नाफामुलक कल्याणकारी कार्यक्रम सञ्‍चालन भइरहेको छ । कोषबाट नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक तथा उनीहरूका आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, सहुलियतपूर्ण ऋण, आर्थिक सहायताका साथै आवास तथा बीमा जस्ता कल्याणकारी कार्यहरू सञ्‍चालन गरी विभिन्न राहत तथा सुविधा उपलब्ध गराउँदै आएको छ ।

संयुक्त राष्ट्रसंघको आह्‍वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्ति स्थापनार्थ शान्ति सेनाका रूपमा खटिएबापत प्राप्त हुने रकमको केही अंश पनि कोषमा जम्मा हुने गरेको छ । हाल सैनिक कल्याणकारी कोषबाट सञ्‍चालन हुने कार्यक्रमहरूलाई कल्याणकारी कार्य, कल्याणकारी योजना र आयमुलक कार्य गरी तीन वटा खण्डमा विभाजन गरी सञ्‍चालन भइरहेको छ ।

कोषसँग सम्बन्धित प्रचलित ऐन, कानून एवं नीतिगत व्यवस्थाहरूलाई समयानुकूल परिमार्जन गर्न आफूले सरकारको तर्फबाट सदैव आवश्यक सहयोग गर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कार्यक्रको प्रारम्भमा कोषका निर्देशकले कोषको समग्र वस्तुस्थितिकारेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई जानकारी गराउनु भएको थियो । —न्युज एजेन्सी नेपाल




भर्खरै